खेलकुद

पाकिस्तानले इंग्ल्यान्डलाई हरायो

एजेन्सी– बुधबार राती भएको ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलमा पाकिस्तानले इङ्ल्यान्डलाई पराजित गरेको छ । वल्ड ट्रफोडमा भएको खेलमा घरेलु टोली इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै पाकिस्तान विजयी भएको हो ।

खेलमा पहिले ब्याटिङ गर्दै इंग्ल्याण्डले प्रस्तुत गरेको एक सय ३६ रनको लक्ष्य पाहुना टोली पाकिस्तानले १४ दशमलव २ ओभरमा मात्रै एक विकेटको क्षतिमा भेट्टाएको थियो ।

पाकिस्तानका बाबर अजामले नटआउट १५ रन बनाएको सो खेलमा शारजित खान र खालिद लातिफले ५९ रनको योगदान दिन सफल भए । त्यस्तै, खेलमा इंग्ल्याण्डका अदिल रशिदले एक विकेट लिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३५ रन बनायो। उसका लागि एलेक्स हेल्सले ३७ तथा ज्यासन रोयले २१ रन बनाएका थिए ।

पाकिस्तानका वाहब रियाजले तीन तथा हसन अली र इमाद वासिमले दुई दुई विकेट लिन सफल भए ।