पु.समाचार

जागे कांग्रेसमा जिम्मेवारी नपाएका नेताहरु, दिनेभए प्रमुख नेतालाई दबाब

काठमाडौँ– नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघबाट जिम्मेवारी मुक्त भएका तथा पार्टी भित्र जिम्मेवारी नपाएका जिम्मेवार नेता तथा कार्यकर्ताको बुधबार काठमाडौको एक होटलमा भेला भएका छन् ।

भेलामा पार्टी नेतृत्वलाई क्षमता र क्रियासिलताको आधारमा जिम्मेवार दिन दबाब दिने निर्णय भएको छ । भेलाले आसन्न तरुण दल र महिला संघको अधिबेशन ईच्छुक र क्षमतावनलाई प्रतिनिधि बनाई चुनावमा सहभागिता सुनिश्चित गराउन अभियान थाल्ने समेत निर्णय गरेको छ ।
आसन्न तीन तहको निर्वाचनमा कांग्रेसको जित सुनिश्चितता गराउन समेत पार्टीमा योगदान गरेका सयौँ कायक्रताको राजनीतिक ब्यवस्थापनका लागि गम्भीर ध्यानाकर्षण गराउने भेलाले निर्णय गरेको छ ।

साथै अभियानलाई शसक्त बनाउनका लागि भेलाले नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेस जंङ शाहको सयोजनमा २१ सदस्यीय दबाब अभियान समेत गठन गरेको छ ।

अभियानमा प्रतिमा गौतम, गुरु बराल, बिष्णु पन्थि, उमा सिवाकोटी, बलदेव तिमल्सिना, प्रभात दाहाल, निलकन्ठ रिजाल, प्रमोदहरि गुरागाई, बैकुन्ठ श्रिवास्तब, युबराज पान्डे, लिला बल्लब दहाल लगायत सदस्य रहेका छन् । भने रंजित कर्ण, रामकृष्ण चित्रकार, सुवाश पोखरेल सल्लाहकार रहेका छन् ।

अभियानले देशैभरका जुजारु नेता कार्यकर्तालाई समेटेर अघि बढ्ने समेत जानकारी गराईएको छ । साथै अभियानले पार्टी सभापति लगायत प्रमुख नेताहरुलाई भेटेर दबाबसमेत दिनेछ ।