आर्थिक

शिवम् सिमेन्टको “चाँदी नै चाँदी” योजना सार्बजनिक

सुर्यखबर सँबाददाता,
काठमाडौं । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले नजिकिदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्ना सम्पूर्ण ग्राहकहरुलाई चाडपर्वको शुभकामना व्यक्त गर्दै“चाँदी नै चाँदी” नामक योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत, चाडपर्वको अवसरमा शिवम् सिमेन्टले प्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम “लक्ष्मी–गणेश” अकिंत चाँदीको सिक्का उपहार योजना लागू गर्ने भएको छ । यो योजना सीमित स्टकको लागि नेपाल अधिराज्यभर लागू गरिएको छ, कम्पनीले बताएको छ ।
विगत लामो समयदेखि गुणस्तरयुक्त असली ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै निमार्ण क्षेत्रमा एक अग्रणी स्थान हासिल गर्न सफल शिवम्सिमेन्ट समय–समयमा आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्पmत थप उत्साह प्रदान गर्दै सहुलियत दिँदैआइरहेको छ । यसै क्रममा अब कम्पनीलेविशेष चाडपर्वलाई लक्षित गर्दै लक्ष्मी र गणेश अंकित चाँदीको सिक्का उपहार स्वरुप प्रदान गर्ने योजना ल्याएको हो । महान्चाड विजयादशमी, दिपावली र छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीहरुलाई शुभकाना व्यक्त गर्दै यसपालीको चाडपर्वमा अब क्वालिटि घरको निमार्णसँगै “चाँदी नै चाँदी” को उपहारको खुशीयाली बाँड्ने कम्पनीको लक्ष्य रहेको छ ।
शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको इएऋ सिमेन्ट हो । सन २००९ मा नेपालकोकेन्द« भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकरका साथ शिवम्इएऋ सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
“गुण्स्तरको पहिचान हो शिवम्” तथा “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” जस्ता मुल नाराका साथ अगाडी बढिरहेको शिवम्सिमेन्ट आफ्नो गुणस्तरीय बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वस्नीयताको कारणले गर्दा नै शिवम्सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख परियोजनाहरुमा योगदान दिन सफल भएको छ, ।
ISO, ISI र URS जस्ता अन्तराष्ट्रिय स्तरका गुणस्तर मापदण्ड प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदैँ आएको छ र दिई रहने प्रतिबद्घता व्यक्त गर्दछ ।