प्रवास

काँग्रेसनिकट जापान जनसम्पर्कसमितिको अधिवेसन तात्यो

तुलसा खनाल

जापान, असार २४, २०७३ ।

नेपाली जनसम्पर्क समिति जापान आफ्नो छैठौ अधिबेसन सफल पार्न धुमधामका साथ लागिरहेको छ।

जापानमा रहेका कांग्रेस शुभेच्छुकहरुको एउटा मात्र भातृसँघ जनसम्पर्क समिति जापानको अधिबेसन तयारी भैरहदा अबको नेत्रित्व कसले गर्ने चर्चा चल्न थालीसकेको छ। नेत्रित्वका आकाङ्क्षीहरु आफ्नो पक्षमा माहोल बनाउन रातदिन लागिरहेका छन्। यतिबेला  बहालवाला सभापती नारायण प्रसाद सुबेदी सभापती दोहोराउने पक्षमा नरहेपनि सर्वसहमत बन्न सकेको खण्डमा ईच्छा राखेको बुझ्न सकिन्छ।

उता महाधीबेसन प्रतीनिधी सुबास लोहनी र लाल बहादुर केसी (रोशन) को सभापति पदमा चुनाब लड्न तिब्र  प्रचारमा लागेको बुझिन्छ। सुबास लोहनी आफै फिलमा आएर प्रचारमा लागेका छन् भने रोशन केसी भने आफु निकट केही ब्यक्तीहरु लाई आफ्नो पक्षमा माहोल बनाउन लगाएको यतीबेला प्रस्ट देख्न सकिन्छ।

निबर्तमान संयोजक रहेका भुपिगोबिन्द श्रेष्ठ पनि यतीबेला आफु सर्वसहमत सभापती बन्न पाउनुपर्ने भनेर लागिरहेका छन्। उता पाचौँ अधिबेसनमा थोरै मतले नारायण सुबेदीसँग पराजित भएका पासाङ शेर्पा पनि सर्वसहमत हुन सके बन्ने दाउमा छन्।

१३ औ महाधीबेसन मा महाधीबेसन प्रतीनिधी रहेका शेर्पा यसअगाडी का अधीबेसनहरुमा उमेदवार बनेकाहरु मध्यबाटै कोही आएमा आफु पनि चुनाब लड्ने बताउछन्।
धेरै आकाङ्क्षी हरुको बिचमा बर्तमान सभापतीद्धय डण्डपानी कडेल, पुस्कर जँग थापा र बर्तमान महामन्त्री राजेन्द्र प्रसाद जमरकट्टेलको चर्चा  यतिबेला अलि बढी छ।
डण्डपानी कँडेल आफ्नो पक्षमा माहोल बनाउन तिब्र रुप मा लागेका। आफु निकट केही ब्यक्तीहरुलाई सामाजीक सञ्जालमा लेख्न लगाएर उमेदवारी घोषणा गरिसकेका कँडेलको दौडधुप र प्रचारप्रसार हेर्दा लाग्छ अबको सभापती कँडेल नै हुन्।

सभापतीमा चुनाब लड्ने घोषणा गरेपनि पुस्कर जँग थापा अली मौन देखीएका छन्।
अन्ततः थापाले  अरु कसैको नाममा आफ्नो समर्थन दिएर आफु उमेदवार नबन्न सक्ने अनुमान धेरै को छ। तर महाधीबेसन प्रतीनिधी को चुनाबमा कसैसँग मत नै नमागी कुनै प्रचार प्रसार नै नगरी सुन्दर मत पाएर १३ औँ महाधीबेसन प्रतीनिधि चुनिएका राजेन्द्र जमरकट्टेल यसपाली को अधीबेसनमा पनि मत नै नमागी चुनाब जित्ने धेरै को दाबी छ।

२००५ सालमा कुक भिजामा जापान आएका जमरकट्टेल २००५ देखी हालसम्म निरन्तर  जनसम्पर्क समिती जापानमा खटिरहेका छैठौ अधीबेसनको लागि सबैभन्दा बलीया उमेदवार हुन्।

कांग्रेस भएकै कारण जनयुध्द कालमा आफ्नो बाबु गुमाएका शहिदपुत्र जमरकट्टेल को बिगतमा संगठनको खटाई मिहेनत र निष्ठाको प्रशसां गर्नेहरु जापान र नेपाल मै पनि धेरै छन्। तनहुँमा जन्मिएका जमरकट्टेल माओबादी दोन्ध्दको प्रभावले चितवनमा बसाईसरेका हुन्।

यतिबेला जमरकट्टेल आफैले उमेदवारी घोषणा गरेर प्रचारमा नलागेपनी उनका समर्थकहरु स्वतस्फुर्त रुपमा जमरकट्टेलको पक्षमा देखीएका छन्।

अगस्ट २१ मा हुन लागेको निर्वाचनमा जमरकट्टेल उमेदवार बन्ने र चुनाब जित्ने अनुमान सजीलै लगाउन सकिन्छ। सुरु मा चर्चा र आकाङ्क्षा धेरै को भएपनि अन्तत सुबास लोहनी,डण्डपानी कडेल, पासाङ शेर्पा, पुस्करजँग थापा लगायतले जमरकट्टेल लाई समर्थन गर्ने र जमरकट्टेल सभापती बन्ने अनुमान जापानमा रहेका धेरै कांग्रेसहरुको छ।