• Saturday, July 23rd, 2016
  • शुक्रबार, ०७ माघ २०७३

नेबिसँघ, तरुण दल, सबै भातृसँस्थाको अधिवेसन तोकिएकै मितिमा हुन्छ : बालकृष्ण खाँड

प्रकाशित मिति: ८ श्रावण २०७३, शनिबार

२६ बर्षको उमेरमा नै नेबिसँघको अध्यक्ष हुँदै २०५४ सालबाट झण्डै ८ बर्ष नेपाली काँग्रेसको सशक्त भातृसँगठन नेपाल तरुणदलको अध्यक्ष र त्यसपछि तत्कालीन नेपाली काँग्रेसका सभापती गिरिजाप्रसाद कोईरालाद्वारा केन्द्रीय सदस्यमा मनोनीत भई राज्यमन्त्री, मन्त्रीबाट कहि महिना अगाडीमात्र सम्पन्न तेह्रौं महाधिवेसनबाट नेपाली काँग्रेसको निर्बाचित केन्द्रीय सदस्य एबम् युवा नेता बालकृष्ण खाँडसँग सुर्यखबर प्रतिनिधिले अहिलेको नेकपा माओबादी केन्द्रले सरकारसँगको समर्थन फिर्ता लिईसकेको अवस्था र माओबादी केन्द्रसँग मिलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका बिरुद्धमा राखेको अबिस्वासको प्रस्ताब र काँग्रेसको भाबी रणनीतिका बिषयमा गरेको कुराकानीको सारसँक्षेप :

पछिल्लो राजनीतिक घटनाक्रमले अब पुष्पकमल दहाल नै प्रधानमन्त्री हुने पक्का हो त ?

नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रबीचको सहमती अनुसार हामीले सँयुक्त रुपमा अबिस्वासको प्रस्ताब दर्ता गरेका हौं, ब्यबस्थापीका साँसदमा छलफल भईरहेको छ, मधेसबादी दलहरु, राप्रपा, बिजय गच्छेदारको मधेसी जनअधिकार फोरम लोकतान्त्रीक अदिले समेत सरकारबाट समर्थन फिर्ता लिईसकेका छन्, अब अबिस्वासको प्रस्ताब पारीत भएपछि, सरकार निर्माणको प्रकृया शुरु होला, हाम्रो दुई पार्टीको सहमती अनुसार अब प्रचण्ड नै देशको प्रधानमन्त्री हुने निश्चित छ ।

तपाई पार्टी सभापती शेरबहादुर देउवाको नजिक रहेर काम गरिरहेको मान्छे, अब प्रचण्ड नेतृत्वको काँग्रेसमा तपाईले नेतृत्व गरेर सरकारमा जाने हल्ला छ नि, यसबारेमा केहि निर्णय भएको छ त ?

अहिले सरकारका बिरुद्ध अबिस्वासको प्रस्ताब दर्ता भएको अवस्था हो, अबिस्वासको प्रस्ताब पास होस, त्यसपछि काँग्रेस सभापती शेरबहादुर देऊवा अनि पार्टीका साथीहरुबीचमा छलफल हुन्छ र पार्टीले जसलाई सरकारमा पठाउछ त्यो नै मन्त्री हुन्छ, अहिले हामीले नामहरु आँकलन गरेका छैनौ, केहि निर्णय भएको छैन । म पनि हुन सक्छु, अरु साथीहरुपनि मन्त्री बन्ने तथा नेतृत्व गर्ने हुन सक्छ, अहिलै सरकारमा को को जाने भन्ने काँग्रेसले निर्णय गरिसकेको छैन ।

किन काँग्रेसमा पदाधिकारी तथा सदस्य मनोनीत गर्न सभापतीले ढिालो गर्नुभएको नि, पहिले शुसिल कोईरालाको पालामा त सभापतीले कमिटि पुरा गरेनन् भनेर आरोप लगाउनुभएको थियो नि ?

त्यसो होईन, त्यसबेला र अहिले फरक छ, महाधिवेसन सम्पन्न हुनेबित्तिकै ब्याबस्थापीका साँसदको बैठक शुरु भयो, त्यसपछि सँसदीय दल र सँसदीय कार्यसिमतिको निर्बाचन गर्नुपर्यो, त्यतीमात्र नभएर ०७२ साल बैसाख १२ गतेको महाभूकम्पले पारेको असरलाई मध्यनजर गर्दै भूकम्प पुनःनिर्माणका बिषयमा प्रभाबकारी भूमिका खेल्नु पर्यो, अनि पछिल्लो समयमा प्रधानमन्त्री ओली र पुनःनिर्माणमा अलि गैरजिम्मेवार भयो, उनीहरुको बिरुद्धमा शसक्त आवाज उठाउनु पर्यो, त्यसैले गर्दा पार्टीका पदाधिकारी तथा सदस्यहरु मनोनीत गर्ने कार्य गर्न भन्दा अन्य काममा ब्यस्त हुनुपर्यो त्यसैले त्यसमा निर्णय हुन नसकेको हो, १० जना केन्द्रीय सदस्य त आदरणीय सभापती शेरबहादुर देऊवाले मनोनीत गरिसक्नुभएको छ, अब बाँकी पनि छिटै मनोनीत गर्नुहुन्छ ।

अहिले त झन सरकारका बिरुद्ध अबिस्वासको प्रस्ताबका बिषयमा साँसदमा छलफल हुदैछ, नि ?

अब अबिस्वासको प्रस्ताब पारीत हुन्छ, र संबिधान बमोजीम नयाँ प्रधानमन्त्री बन्ने आफ्नो प्रकृया हुन्छ, अब यो सरकार बन्ने बनाउने काम सकिएपछि उप-सभापती, महामन्त्री, सह-महामन्त्री लगायत बाँकी केन्द्रीय सदस्यहरुपनि मनोनीत हुन्छन्, अनि हाम्रा भातृसंस्थाहरुको अधिवेसनतिर नेताहरु ब्यस्त हुनुपर्ला ।

काँग्रेस भातृसँस्थाको अधिवेसन नभएको धेरै भो, नेबिसँघ, तरुणदल लगायत भातृसँगठनको निर्बाचन तोकिएकै मितिमा हुन्छ त ?

हुन्छ, सबै भातृसंगठनका साथीहरुलाई आदरणीय पार्टी सभापती शेरबहादुर देउवाले निर्देशन दिईसक्नुभएको छ, तोकिएकै मितिमा आ-आफ्ना अधिवेसनहरु गर्न भनेर अब शंका गर्ने कुरा नै हुँदैन, तपाईलाई थाहै छ, नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिले समेत ६ महिनाभित्र सबै भातृसँगठनको अधिवेसन गर्ने भनेर निर्णय नै गरिसकेको कुरा हो । भातृसँस्थाहरुका कतीपय जील्ला अधिवेसनहरु भईसकेका छन्, कतै भईरहेका छन्, अब केहि दिनमा सबै जील्लाका अधिवेसनहरु समाप्त हुनेछन्, त्यसपछि तोकिएकै मितिमा भातृसंस्थाका अधिवेसन हुन्छ यसमा मलाई कुनै शँका लाग्दैन ।

तपाई तरुण दलको शसक्त अध्यक्ष हुनुहुन्थ्यो, तपाईपछि त त्यस्तो सँगठन गर्न सकेन नि तरुणदलले के भन्नुहुन्छ ?

त्यो तपाइले भन्ने कुरा हो, तर म २६ बर्षको उमेरमा नेबिसँघको अध्यक्ष भएको थिए, ४८ सालमा साँसद समेत भएँ, त्यपछि ५४ सालमा तरुणदलको अध्यक्ष भएपछि मैलै १८ घण्टा खटेर नेपाली काँग्रेस र तरुणदलका लागी काम गरेको थिए, त्यसैले मलाई साथीहरुले माया गर्नुभएको छ, अहिले पनि अरु साथीहरुले काम गर्न सक्नुभएन भन्ने कुरा गलत हो, काम गर्ने आफ्नो तरीका हुन्छ नि । समयले पनि साथ दिनुपर्छ, अब आउने अधिवेसनले अझ राम्रो नेतृत्व ल्याउने कुरामा म बिस्वस्त छु । मैले तरुणदलमा नेतृत्व गरेपछि साँसदमा समेत लडिन सँगठनकै लागीमात्र खटेको थिँए । आफ्नो काममा दत्तचित्त भएर लागेपछि त सफलता भईहाल्छ नि, हैन र ? काम सफल गर्न आफ्नो काममा दत्तचित्त भएर लाग्न जरुरी छ ।

तपाई मन्त्री पनि भइसक्नुभएको छ, काँग्रेसको पदाधिकारीको दाबेदार समेत हुनुहुन्छ, काँग्रेसमा भएका कमजोरी के के छन् जस्तो लाग्छ ?

नेपाली काँग्रेस पुरानो र जनताको बिस्वासिलो लोकतान्त्रीक पार्टी हो तर बिडम्बना के छ भने काँग्रेस मास बेस पार्टी हो, काँग्रेसले नेपालमा अरु कम्न्युष्ट पार्टीहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ, नेपालमा काँग्रेस बाहेक जनताले बिस्वास गरेका अरु ठूला लोकतान्त्रीक पर्टीहरु छैनन्, कम्न्युष्टहरु क्याडरबेस हुन्छन् क्याडरबेस तल्लो तह सम्म हुन्छ, राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो भनेर क्याडेरहरुले तल्लो तहसम्म पुर्याईदिन्छन् र उनीहरु त्यही कारणले केहि हदसम्म लोकप्रीय पनि भईरहेका छन्, मास बेस पार्टी भएका कारणले कतीपय नेता कार्यकर्ताहरु अन्यायमा पनि पर्नुभएको छ, पार्टीको मुख्य शक्ती नेपाली काँग्रेसलाई बिस्वास गरेर समाजसेवामा प्रेरित कार्यकर्ताको क्षमता अभिबृद्धि गर्न नसकेका कारण समस्या आएको छ, प्रजातान्त्रीक समाजबादलाई काँग्रेसले अबलम्बन गरिरहेर उनीहरुलाई नेपाली काँग्रेसले, सबैलाई स्वतन्त्र र समान बनाउने चुनौतीपूर्ण कार्यलाई अबलम्न गरी आगमी दिनमा राष्ट्र र जनतालाई बिकशीत र समुन्नत बाटोमा अगाडी बढाउनुपर्ने छ, चुनौती र अवसर दुबै छन् हामीमा, यसको सामना गर्न सम्पूर्ण शक्ती र सामथ्र्यलाई जुझारु भएर सँघर्षमा समाहीत हुँदै पार्टीका युवाहरुलाई सुरक्षीत र बलियो बनाउने, संरक्षण गर्ने अनि युवाहरुको क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्ने काम गर्नुपर्ने आवस्यक्ता छ । युवाहरुलाई क्षमता पहिचान गरि देश निर्माणमा उपयोग गर्न सके काँग्रेस पनि अगाडी बढ्छ, देश पनि । त्यसपछि कार्यकर्ताको मुल्याँकन पनि गरेको देखिन्छ ।

काँग्रेसले प्रशिक्षण दिदैन भन्छन् नि कार्यकर्तालाई ?

मैले अघि नै भनिसके कार्यकर्तालाई एउटामात्र पक्षबाट भन्दा पनि हरेक हिसाबले शसक्त बनाई पार्टीमा अनि मुलुकको सेवामा खटाउन जरुरी छ ।

स्थानीय निकायको निर्बाचनको बिषयमा के भन्नुहुन्छ ?

अब नयाँ बन्ने सरकारले स्थनीय निकाय लगायत सबै निकायको निर्बाचन गर्छ ।

तपाईंको प्रतिकृयाहरू

कुराकानी


Loading...