• Wednesday, July 13th, 2016
  • शुक्रबार, ०७ माघ २०७३

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रकाशित मिति: २९ असार २०७३, बुधबार

काठ्माण्डौ । नेपाल प्रहरीमा कसैले चिनाईरहनु नपर्ने क्षमतावान प्रहरी अधिकृतको रुपमा पहिचान बनाईसकेका काठ्माण्डौ प्रहरी प्रमुख समेत भईसकेका अपराध महासाखाका एसएसपी सर्बेन्द्र खनाल हाल चर्चामा छन् ।आईजीपि बन्ने होडमा समेत रहेका सर्बेन्द्रले काठ्माण्डौमा भएको चोरी, डकैत, लुटपाट, गुण्डागर्दीमा सँलग्न ब्यक्तीहरुलाई सफाया समेत गर्ने अभियान चलाएकाले बिगतमा भन्दा काठ्माण्डौ शान्तिभएको जनताले अनुभूति गर्न थालेका छन् । अपराध अनुसँधान महासाखाका प्रमुख रहेका खनालका चुनौतीहरु नभएका भने होईनन् तर ती चुनौतीहरुलाई छिचोल्दै, ठगी, डकैती र गुणगर्दीमा सँलग्नलाई कानुनी दायरामा ल्याउने खनालको अभियानले केहि सार्थक परिणाम समेत जनताले अनुभूती गर्न थालेका छन् । बिबिध बिषयमा सुर्यखबर प्रतिनिधिले एसएसपी खनालसँग गरेको कुराकानीको साराँस :

छोटो समययमा काठ्माण्डौमा सर्बेन्द्रको चर्चा छ नि ?

मैले यो अपराध अनुसँधानको कार्यभार सम्हालेको एक बर्ष भयो, यो एक बर्षमा उपत्यकाको कुरा गर्दा विभिन्न सामाजिक तथा आर्थिक सम्बन्धि अपराधिक क्रियाकलाप बढिरहेको पाइएको छ । विशेष गरेर आर्थिक अपराधहरुको सख्या बढि हुने गरेको पाइन्छ । १०/२० बर्षअघिका ठगि, लेनदेनका अपराधहरु बढि आइरहेका छन । यस्ता अपराधलाई पनि हामी अनुसन्धान गरिरहेका छौँ ।
हाम्रो अनुसन्धानले कुनैपनि अपराधको सत्य तथ्य पत्ता लगाई अपराधिलाई कुनै पनि हालतमा कानुन बमोजिम कारबाहिको दायरमा ल्याउने संकल्प सहित नेपाल प्रहरी अपराध अनुसन्धान महाशाखा गहन रुपमा लागि परेको छ । मलाई लाग्छ केहिहदसम्म म सफल पनि भईरहेको छु ।

कस्तो अपराध बढी हुन्छ उपत्यकामा बताईदिनुस न ?

काठमाडौंमा अपराधहरु प्राय: सामाजिक भन्दा पनि आर्थिक कुरासँगै जोडिएको पाईन्छ ।
समाजमा हुने अपराध सामाजिक असमानता, द्धन्दको कारण उत्पन्न हुने केहि समय पश्चात त्यसको छानविन समाधान भईहाल्छ यस्तो चलिरहेको हुन्छ तर केहि व्यक्तिहरुको व्यक्तिगत स्वार्थ, मनसायले हुने, पेशा नै अपराधिक गतिविधिमा हुने अर्थात करियर क्रिमिनलहरु धम्क्याउने, दबाब दिने, अपहरण गर्ने, हत्या गर्ने जस्ता अपराध हुन्छन तर हाल त्यस्ता अपराधमा कमी भइरहेका छ, हामीले यस्ता अपराध निर्मुल पारिसकेका पनि छौं ।
तेस्ता पत्ता नलागेका गुण्डागर्दीहरु अन्त्य गर्दै जाने हाम्रो लक्ष छ ।

नेपाललाई बिदेशीहरुले लागू औषधको ट्रान्जीट प्वाईन्ट बनाईएको छ भन्ने सुनिन्छ ?

अपराधिले कहाँनेर कमजोरी छ भनेर अवसर लिन पर्खिरहेको हुन्छ । अहिले सम्मका घट्नाक्रमलाई हर्ने हो भने नेपालमा पनि केहि यस्ता अपराधि फेला परेको पाइन्छ ।
किनकि नेपाल पनि अन्तर्राष्ट्रिय रुपमा खुला सिमाना प्रयोग गरिरहेको मुलुक भएकै कारणले यस्तो अपराधको संभावना रहन्छ तर अन्तर्राष्ट्रिय रुपमा नेपाल लागुपदार्थ ओसार, मानब बेचबिखनको ट्रान्जिट प्वान्टको रुपमा प्रयोग भएको छ भन्ने कुरामा म सहमत छैन ।

किनकी अपराधले कोसिस गर्दागर्दै पक्राउ परिहाल्छन र अपराध हुन्छकी भन्ने ठाउँमा हाम्रो प्रहरी संजालभित्र समन्वय भइरहेको हुन्छ ।
नेपालमा प्रहरीको पहुचमा नरहेको कुनै ठाउँ छैन, अपराधि नेपाल नभित्रियोस भनेर नेपाल प्रहरीको डिआइजीको नेतृत्व विमान स्थलमा पनि कडा चेकजाँच गर्ने व्यवस्था गरिएको छ, तर विभिन्न कस्टम चेकजाँच गर्दा गोल्डेन गेट भन्दा भित्रका कतिपय क्षेत्र प्रहरीको क्षेत्रभित्र नपरेको पनि छ यसो भन्दा अपराधक भएको छ प्रहरी सतर्कता छैन भन्ने होइन।
अझै हामीले आउने आगन्तुकको विवरण पनि राख्नु पर्छ भनेर एअरपोर्ट व्यावस्थापनसँग भन्दै आएका छौँ । त्यसकारण पनि अपराधि सजिलै अपराधिक क्रियाकलाय गर्न पाउदैनन् ।
डनहरुले अपराधिक गतिबिधिबाट कमाएको पैसा बिदेशमा समेत लगानी गरेका छन् भनिन्छ नि ?

यो कुरा केहि हद सम्म साचो हो केहि अपराधिहरु भागेका छन । अपराध गरि समाजमा यस्ता घट्ना घटाउने र शान्ति सुरक्षामा असर गरि कसुर गर्ने जोसुकै होस त्यसलाइ हामी कुनै हालतमा छोड्दैनौँ ।
उनिहरु विदेशिए पनि हामी संसारको कुनाबाट पनि पक्राउ गर्नेछौं त्यो खालको संयन्त्र हामी संग छ किनकी नेपाल इन्टरपोलको सदस्य राष्ट्र पनि भएकाले अपराधि जुनसुकै देशको होस त्यो अपराधि नै हो जहाँ लुकेर बसे पनि उसलाई कानुनि अनुसार कारबाहिको भागिदार बनाएर छोड्छौं ।

केहि सयम अघि म लगायत हाम्रो प्रहरी टिम मलेसिया र श्रीलंका पनि गएर आएको थियौं यस्ता विषयमा त्यहाको स्थितिका बारेमा श्रीलंकामा महिलाहरुलाई श्रमशोषण गर्ने त्यहाबाट दुबै ओसारपसार गर्ने ठाउँमा इन्टरपोलको चिफ समेत लिएर म गएको छु ।
यसरी ठाउँ ठाउँमा एजेन्ट राख्ने गरेका पाइयो यस्ता कुराहरुका बारेमा केहि दिन सम्म अध्ययन तथा जानकारी प्राप्त गरेका छौ र हामीले हाम्रो संयन्त्रलाई अझै प्राविधिकरुपले प्रवाहकारी बनाउनु पर्ने महशुस भएको छ ।
तर विगतमा अधराधिक क्रियाकलाग लागेका अहिले सुध्रिएर नेपाल प्रहरीलाई नै सुचना दिने, लिने र आफनो पेशा व्यावसायको रिपोर्ट पनि दिने गरेका व्यक्ति पाइएको छ । त्यसैले अब हाम्रो उद्देश्य अपराध शुन्य नेपाल बनाउने हो ।
अपराध अनुसँधानमा हुने चुनौती कस्तो देख्नुभएको छ नि ?

हो । यस्तो चनौति रहेका छन । अनुसन्धान गर्दा राष्ट्रिय तथा अत्तर्राष्ट्रिय कानुनी स्पस्टता नहुनु, विदेशमा सोहि देशको कानुन आकर्षित हुने र निश्चित सिमा तोकिएको छ त्यसले कहिले काहि अनुसन्धान प्रक्रिया अगाडी बढाउन सम्स्या हुने, ढिलो हुने गर्दछ भने केहि व्यवहारिक र प्राविधिक चुनौति पनि हुने गर्दछन किनकि अनुसन्धानको क्रममा कहिलेका काहि निर्दोष व्यक्तिसँग पनि बयान लिनुपर्ने, पक्राउ पर्ने बाध्यता रहन्छन र प्रविधि सम्बन्धि साधनस्रोतको अभाव छ तर चनौति छ भन्ने वित्तिकै पिडितले न्याय नपाउँने, अनुसन्धान प्रभावित हुन्छ भन्ने होईन । समस्याहरुको समाधानको लागि आवश्यक समन्वय गरि उपाय निकाल्न सक्नपर्छ ।
राजनीतिक दबाबका कारण कतीपय मुद्धा दर्ता समेत हुदैनन् भनिन्छ नि ?

मलाई दबाब छैन, म कसैको दबाबमा भन्दा काममा बिश्वास गर्ने पुलिस हुँ । यसो भन्दा तपाईलाई विश्वास नलाग्न सक्छ ।
लाग्दैन पनि, मलाइ के लाग्छ भने हामीलाई एउटा कानुनी जिम्मेवारी छ त्यो नै हाम्रो म्यान्डेट जस्तो लाग्छ र आफु कमजोर भयो भने यस्ता कुरा हुने गर्दछन हुन सक्छ तपाइले भन्या जस्तो मेरो पनि २/३ पटक सरुवा पनि भा छ, जँहा भयो त्यहाँ गाछु के भो त – त्यो के कारणले हुन्छ मलाई मतलब छैन कीनकि हामी जहाँ गए नि देशको प्रहरी प्रशासनको कानुनी र पदिय जिम्मेवारीको दायर भित्र रहि राम्रोसंग जिम्मेवारी निर्वाह गर्ने हो । काम गरेको नगरेको मुल्याङ्कन संगठन भित्र तथा आम नागरिकले र तपाइको जस्तो मिडियाले पनि गर्नुहुन्छ नै ।

किनकि राम्रो मान्छेलाई होइन कामलाई भन्ने हो । त्यसैले मैले यसलाई सामान्य रुपमा लिन्छु कसैले केहि भनि हालेका सुचनाको रुपमा प्राप्त गरि अध्ययन गर्नुपर्छ यस्ता सुचनाले अनुसन्धान गर्ने सहयोग पनि गर्छ वा गदैन तिर ख्याल चाहि गर्न पर्छ । कसैले चिनजानकोले हेर्दिनु पर्ला भनेर कसैले भन्ला त्यो भन्दा बढि कसैले घोर्‍याएर त भन्ने होइन नि ।
त्यसमा हामी त कानुनको पालना गर्ने गराउने व्यक्ति हो, व्यक्तिले के भन्यो भनेन त्यो संग जरुरत छैन र सत्य, तथ्य र विवेकपूर्ण काम, निर्णण गर्न सक्ने व्यक्तिलाई कसैको प्रभावले फरक पादैन जस्तो लाग्छ ।

अर्को कुरा दबाबले मुद्दा नै दर्ता नहुने विगत कहि कतै भएका हुन सक्छन त्यो म भन्न सक्दिन ।
तर हाल यस्तो हुन सक्दैन किनकि अहिले मानिस स्वंयम कानुनी प्रक्रिया सम्बन्धमा जानकार छु यस सम्बन्धमा अन्य प्रहरी सहायता केन्द्र, वकिल वा अन्य जानकार व्यक्तिको सल्लाह लिन पाइरहेको हुन्छ यस्तो कतै भइहाले पनि त्यो भन्दा अन्य निकाय जस्यो महिला आयोग मार्फ पनि मुद्दा वा उजुरी दिने व्यवस्था छ ।

पछिल्लो सयम साइबर अपराध बढ्दो रुपमा विकास भएको छ । यसलाई तपाईको नियान्त्रण प्रयासको बारेमा बताईदिनुस न ?

महत्व पूर्ण विषय उठाउँनु भयो । विज्ञान र प्रविधिको विकास संगै पछिल्लो समयमा देखा परेको साइबर अपराध बढेको छ ।
विभिन्न मामाजिक संजाल, प्रविधिको दुरुपयोग गरि संचार माध्यममा विकृती फैलाउने, हृयाकिङ्घ गर्ने जस्ता सम्बन्धमा थुपै उजुरी प्रहरीमा आउँने गरेका छन ।
प्राविधिक रुपमा अत्याधुनिक साधनसा्रेतमा हामीसंग छैन तर पनि हाम्रो स्रोतसाधन अनुसार यस्तो अपराध नियन्त्रण गर्न अपराधको प्रकृति र प्रवृत्ति अनुसार निश्चित प्रक्रिया अनुसार नै नियन्त्रण गरिरहेका छौ ।
यो सम्बन्धमा नेपाल इलेक्ट्रोन कारोबार ऐन २००८ पनि ल्याइको छ । यसले पनि सबै कुरा समेटेको छैन ।

लागूपदार्थ ओसारपसारमा बिदेशी अपराधिक गिरोह समेत सकृय छन् भनिन्छ नि ?

अपराधिले कहाँनेर कमजोरी छ भनेर अवसर लिन पर्खिरहेको हुन्छ अहिले सम्मका घट्नाक्रमलाई हेर्ने हो भने नेपालमा पनि केहि यस्ता अपराधि फेला परेको पाइन्छ ।
किनकि नेपाल पनि अन्तराष्ट्रिय रुपमा खुला सिमाना प्रयोग गरिरहेको मुलुक भएकै कारणले यस्तो अपराधको संभावना रहन्छ पनि, तर अन्तराष्ट्रिय रुपमा नेपाल लागुपदार्थ ओसार, मानब बेचबिखनको ट्रान्जिट प्वान्टको रुपमा प्रयोग भएको छ भन्ने कुरामा म सहमत छैन र देख्दिन ।

किनकी अपराधले कोसिस गर्दागदै पक्राउ परिहाल्छन र अपराध हुन्छकी भन्ने ठाउँमा हाम्रो प्रहरी संजालभित्र समन्वय भइरहेको हुन्छ ।
नेपालमा प्रहरीको पहुचमा नरहेको कुनै ठाउँ छैन, अपराधि नेपाल नभित्रियोस भनेर नेपाल प्रहरीको डिआइजीको नेतृत्व विमान स्थलमा पनि कडा चेकजाँच गर्ने व्यवस्था गरिएको छ, तर विभिन्न कस्टम चेकजाँच गर्दा गोल्डेन गेट भन्दा भित्रका कतिपय क्षेत्र प्रहरीको क्षेत्रभित्र नपरेको पनि छ यसो भन्दा अपराधक भएको छ प्रहरी सतर्कता छैन भन्ने होइन।
अझै हामीले त आउने आगन्तुकको विवरण पनि राख्नु पर्छ भनेर एअरपोर्ट व्यावस्थापनलाई जानकारी दिएका छौ । त्यसकारण पनि अपराधि सजिलै अपराधिक क्रियाकलाय गर्न पाउदैनन् ।

यसका बारेमा केहि थप अध्ययन गर्नुभा छ कि ?

सिआइबीको संरचना विस्तार भन्दा पनि ठाउ ठाउँ ठाउँमा ब्यूरोहरु राख्ने, सेटेलाइट राख्ने योजन भएको छ जसले गर्दा अनुसन्धान कार्यलाई सहयोग पुग्छ । यस्तो कुरा राष्ट्रिय योजना परे अनुरुप विस्तारै आवश्यकता अनुसार देशव्यापी हुन सक्छ ।
नेपालको एउटा बिडम्बना भन्नु पर्छ इतिहासमा राजदरवार अत्या काण्ड जस्ता कति पय घटनाहरु रहस्यममा नै छन् वास्तवमै त्यस्ता घटनाको अनुसन्धान नागरिकको लागि चित्त बुझदो छैन ।
यस्ता घटनाको अनुसँधान र नियन्त्रण किन हुन नसकेको होला ?

नेपालको इतिहासमा यस्ता घट्ना घट्नु रहस्यमय त हो । यसको अनुसन्धानका लागि सरकारी अङ्घको रुपमा गठन भएको आयोगले गरिसकेको कारण नेपाल प्रहरीले क्षेत्रमा परेन तर सरकारले अनुसन्धानको जिम्मा दिने वा प्रहरी क्षेत्राधिकार भित्र पर्ने अपराधमा अनुसन्धान गर्न नेपाल प्रहरी जस्तोसुकै अपराधको सत्य तथ्य सार्वजनिक गर्न सक्दछ । गरेको उदाहरणहरु पनि धेरै छन ।
तपाईले प्रहरी सेवामा लामो अनुभब लिनुभएको नाताले भननुपर्दा किन अपराध बढछ भन्ने अनुसँधान गर्नुभा छ ?

अति राम्रो प्रश्न गर्नुभयो । अपराध एउटा वातावरणले श्रृजना गर्दन्छ, एउटा नराम्रो वातावरणले श्रृजना गरेको कार्य अपराधमा रुपान्तरण हुन्छ ।
अर्को चाहि मानिसले आफुलाई नियन्त्रण गर्न नसकि आकस्मिक अपराध गरेको पाइन्छ ।
आर्थिक कारण अर्को एउँटा प्रमुख कारण हो लेनदेन कुरामा हुने ठगि, आफुलाइ खान, लाउन, मोजमस्ती गर्न अर्थात आफनो आम्दानिको स्रोत नभई अपराध गर्ने, हत्या, अपहरण, लुटपाट, चोरीको अपराध हुने गरेका छन । अर्को चाहि पेशा नै सांगठित रुपमा वा व्यक्तिगत करिअरकै रुपमा हुने अपराध पनि अपराधको कारणको रुपमा रहेका छन ।

सर्बेन्द्र खनाल भन्दा राम्रा प्रहरी नभएर कि किन हो सबै मीडियाले तपाईकै मात्र नाम लिन्छन् ?

मैले हेर्दा पनि पुलिस चाहि सर्बेन्द्र खनाल जस्तो हनुपर्छ , किनकि मैले आफुले काम गरेको कुरामा म सन्तुष्ट छु र म एउँटा म्यानेजमेन्ट पढेकोले पनि आफ्नो व्यक्तित्व विकास र क्षमता र कमजोरी मुल्याङ्कन आफैले गनुपर्छ भन्ने लाग्छ किनकि मेरो आफनो बारेमा मलाई नै बढि थाहा हुन्छ ।
म स्वयंमको सुरक्षाको लागि पनि राम्रो प्रहरी चाहिन्छ भने राष्ट्रको सुरक्षा गर्न त झन राम्रो सक्षम प्रहरी पो चाहिन्छ ।
कुरा के हो भने प्रहरी चाहि प्रहरी जस्तो हुनुपर्छ । बल्ल तपाइले खोजेको र मैले खोजेको प्रहरी त्यहि हुन सक्छ प्रहरी यस्तो भईदिए हुन्थ्यो जस्तो हामीलाई लाग्छ त्यस्तै हुनु पर्छ । भन्नुको अर्थ समग्र समाजको हितको लागि जस्तोसुकै जोखिम लिएर काम गर्नुसक्नु पर्छ ।
त्यसैले सर्बेन्द्र खनालको पनि कुन्र विशेश्ताहरु हुन सक्छन । खास मिडियामा ल्याउँने काम त तपाईहरुलेले ल्याउनु भएको किन ल्याउँनु भयो यति गर्दा ठिक हुन्छ हुदैन तपाइहरुलेले मुल्याङकन गर्ने कुरा हो ।

भाबी आईजीपि पनि भनिन्छ यहाँलाई, अपराध अनुसँधान बिभागको कुनै खास अरु योजना केहि छ कि ?

यो प्रश्न आफैमा अलि महत्वपूर्ण पनि छ भने संबेदनशिल पनि छ । काम गदै संठगन मा नेतृत्वमा पुगेर गर्ने सोच हरेक संगठनमा नेतेत्वमा पुग्ने संभावना भएके व्यक्तिले सोच्दछ भने म पनि त्यसमाबाट बाहिर हुनै सक्दैन ।
तर नेतृत्वको कुरा समालेपछि कुरा सोध्नु भयो तत्कालै भनिहाल्नु पर्छ जस्तो त लाग्दैन तर यस्तो अप्ठ्यारो प्रश्न हो मैले भन्नु पर्दा राष्टिय सुरक्षा, पूर्णरुपमा अपराध नियन्ण गरि एउटा अपराध शुन्य समाजको परिकल्पना गदै देशमा शान्तिसुरक्षाको अनुभति गराई दिर्घकालिन शान्ति व्यवस्थाको नयाँ आयाम दिन सकिन्छ जस्तो लाग्छ ।
प्रहरीले आफ्नो पेशालाई मर्यादित ढंगबाट भूमिका निर्बाह गिर्न म जिममेवार भएर लागेको छु र केहि हदसम्म सफल पनि छु भन्ने लागेको छ । तपाईहरु लगायत जनताको साथ सदैब भएमा थप प्रगती हुनेमा म बिश्वस्त छु ।

तपाईंको प्रतिकृयाहरू

कुराकानी


Loading...