विचार/ब्लग

सुखी परीवारका लागी अपनाउनुहोस् यी सात शुत्र

सुर्यखबर संबाददाता ।
काठमाडौं,जेठ १८ ।

प्रत्येक मानिसले सुखी र खुसी परीवारको परिकल्पना गरेको हुन्छ । तर पनि सा–सानो कुरामा ध्यान नपुर्याउदा उसको त्यो कल्पना कल्पना मै सिमित हुन्छ । वास्तविक जिवनमा उसले कहिल्यै आफ्नो परिवारलाई सुखी र खुसी देख्न पाउदैन ।

 

प्राय तपाई जस्तै अफिसमा काम गर्ने वा घरबाट प्राय बाहिर हिडिरहने पारिवारिक सदस्यले गर्दा परिवारमा तनाब उत्पन्न हुने गरेको छ । यदि तपाईले तल दिइएका केही कुरामा ध्यान दिनु भयो भने खुसी र सुखी  परिवार देख्ने तपाईको इच्छा अवश्य पुरा हुने छ ।

 

 

१. काम र घरपरीवारलाई दिने समयमा सन्तुलन बनाउनुहोस् ।

 

२.  महिनामा प्राय एकपटक परीवारका सदस्यसँग घुम्ने समय निकाल्नुहोस् ।

 

३. आवेग र रिसलाई टाढै राख्नुहोस् ।

 

४. छोराछोरीलाई उनीहरुको उमेर अनुसार आएको परिवर्तन महशुस गरेर त्यसै अनुसार व्यबहार गर्नुहोस् ।

 

५. छोराछोरीलाई पनि केही पारीवारीक दायित्व दिनुहोस् । उनीहरुले आफै गर्न सक्ने काममा कहिल्यै हस्तक्षेप नगर्नुहोस् ।

 

६. परिवारका सदस्यहरु भेट भएको बेला टीभी हेरेर, इन्टरनेट चलाएर भन्दा पनि जोक भनेर, कथा भनेर, गित गाएर समय बिताउनुहोस् ।

 

७. परिवारलाई दिर्घकालिन असर पर्ने निर्णय लिनु परेमा ठूला भएका छोराछारीसँग सल्लाह गरेर मात्र निर्णय लिनुहोस् । यसले पारीवारीक कलह घट्नुका साथै ठूला भएका छोराछारीलाई परीवार प्रति जिम्मेवार बनाउछ ।