विचार/ब्लग

नारी अस्मिता अनि संस्कृति बारे प्यारी बहिनीलाई दाईको चिठी !

नरेश घिमिरे 

प्यारी बहिनी माया एवं सम्झना, धेरै पछि तिम्रो याद आएर यो पत्र लेख्दैछु । पूर्वीयसभ्यता संस्कृति अनि नारी अस्मिताबारे २/४ शब्द लेख्न मन लाग्यो । मानव सभ्यताको सुरुदेखि नै महिला र पुरुष सृष्टि धान्नकालागि सृजना  गरिए । त्यसैले यहाँ न त पुरुषको मात्र समाज छ, न त महिलाको मात्र,  आजको २१ औँ शताब्दीमा आइपुग्दा एउटा सृष्टि धान्ने साधन मात्र नभएर समाजको उन्नतिमा उत्तिकै आवश्यकता छ महिला र पुरुष ।

महिलाले आमा, श्रीमती, दिदी/बहिनी,  भाउजु विभिन्न रुपमा आफ्नो भूमिका निर्वाह गरेका छन् भने पुरुषले पनि बाबु, श्रीमान, दाइ/भाइ, आदि भएर आफ्नो भूमिका निर्वाह गरेका छन् । यी हरेक नाता कति मीठा र आत्मिय छन्, भनिरहनु नपर्ला ! किनकि तिमी आफैंले यो भूमिका निर्वाह गरेकी छौ । आमा बनेर सन्तानलाई दिएको वात्सल्य, एउटा पाङग्राबनेर श्रीमानलाई पुर्याएको सहयोग, बहिनीबनेर दाइबाट पाएको त्यो माया र स्नेह अनी दिदी बनेर भाइप्रति पुरा गरेको जिम्मेवारी साँच्चै शब्दमा व्यक्त गर्न सकिँदैन ।

त्यसैले तिमी महानताकी खानी हौ । यही महानताले गर्दा नै प्राचीन कालदेखि नारीलाई देवी मानिएको छ । “यत्र नार्यस्तुपूज्यन्ते रमन्ते तत्र देवता” अर्थात जाहाँनारीको पूजा हुन्छ त्यहाँ देवता पनि खुसीहुन्छन् । पूर्वीय सभ्यतालाई नियालेर हेरेउ भनेपनि गार्गी, भारवी जस्ता महान नारीहरू थिए । ऋगवेदमा ऋचा सञ्चय गर्ने ब्रह्मवादिनीहरू पनिनारी नै थिए । यज्ञवल्क्यसँग विविध प्रश्न गर्ने पनि नारी नै थिए । उनीहरूका प्रश्नलेयज्ञवल्क्यलाई हम्मेहम्मे पारेको थियो ।

विश्व सृजना गर्ने परब्रह्मा परमात्माले दुवैलाई समानअधिकार दिएर विश्व सृजनाका लागि पठाएका थिए । त्यसैले नारी घरका कुमारी रवासनाको सिकार मात्र होइनन् । हुन तनारीलाई अवला पनि भनिन्छ । अवलालाईनसक्ने, बल नभएको भन्ने अर्थ लगाइन्छ तरविनोभाले अवलाको अर्थ यसरी दिएकी छन्“अशेषण सम्पूर्ण रुपेण बलं विद्यते यस्यांसाअबला” अर्थात् सम्पूर्ण देवगणदेखि लिएर सबैलाईआफ्नो वशमा राख्न सक्ने बल जसमा छ उहीअबला हो ।

यसले पनि बुझाउँछ महिलामा कस्तो शक्ति छ भनेर र यसरी हाम्रो सभ्यतालेपनि नारीलाई अग्रस्थानमा राखेको छ तर आज तिम्रो व्यवहार देख्दा नारी अस्मिता डगमगाउने त होइन, भन्ने डर लाग्छ । आजकल सुन्नेगरेकी छु तिमी दिनभरी दाजुबहिनीको नाता जोडेर रातमा अनैतिक सम्बन्ध राख्छयौ रे । यसले मेरो मुटु छियाछिया पारेको छ । तिमीले यस्तो सम्बन्ध राखेमा दाजुबहिनीको पवित्र नातामा कलंक लगाउने छौ।

तिमी दाईलाई कसरी बुझ्छ्यौ र बाबुकज्ञान, आमाको सीप अनि दाईको सुरक्षामा हामी हुर्केका छौँ । कसरी दाईलाई आफ्नो अस्मिता लुटाउन सक्छेउ र कसरी लुटिन्छ्यौ र दाजुबहिनीको सम्बन्धमा कलंक लगाउने तिम्रोअधिकार छैन । तिमीले आफुलाई सुन्दरी बनाउन लाज छोप्न पनि छाडेकी छौ रे । मलाई आज पनि उत्तिकै सम्झना छ । तिमी जन्मने बित्तिकै आमाले कपडामा गुटुमुटु पार्नुभएको थियो ।

 

तिमी जति ठूली हुँदै गयौ उति तिम्रा प्रत्येक अङ्ग ढाकिदिनु भयो । जव तिमीमा जवानीका रङ्गहरू चढदै गए आमाले तिमीलाई अर्धनग्न अवस्थामा हेर्न सक्नु भएन भने कसरी आज तिमी आफुलाई अर्धनग्न अवस्थामा समाजमा हिडाउँछ्यौ र तिमीलाई थाहा नहोला ! बहिनी आज यति धेरै बालिकाको अस्मिता लुटिएको छ भनौली मैले लुटाएको हो र ? तिमीहरूको अर्धनग्न अवस्था देखेका व्वाँसाहरूले तिमीहरूमाथि आक्रमण गर्न नसकेर अबोध बालिकामा जाइ लागेर उनीहरूको अस्मिता लुटेका छन् ।

 

त्यसैले यस्तो हुनुमा २० प्रतिशत भागिदार तिमीहरू पनि हौ । भनौली “पाश्चात्य सभ्यतामा महिला काहा पुगे हामी पुरानै सोचमा छौँ भनेर तर हामी पुरुष प्रधान समाजमा बाचेका छौँ । आज पनि यो पुरुषहरूले आफूलाई भमरा बनाउने र महिलालाई फूलसँग तुलना गरेर रस चुसेर फालिदिन्छ । सोचेकीहौली हामी पनि स्वतन्त्र हुन पाउनु पर्छ भनेर”  त्यो नसोच हामी पुरुषहरु पनि हरेक पाइलामा साङलाले बाधिएका छौँ ।

 

साङ्ला फुकालेर हिड्ने हिम्मत गरेउ भने भासमा पुग्ने छौ । त्यसपछिको जीवन व्यर्थ बन्नेछ । तिमी आजकल मेरो बाध्यता भन्दै अस्मिता बेचेर बालबच्चा पाल्नको लागि जोहो गरेकी छेउ रे । हिजो नेपाली नारीहरू बम्बैका कोठीहरूमा बेचिए भन्ने सुन्थेँ तर आज तिमी आफ्नै घरमा बेचिएकी छौ ।

यसरी आफुलाई बेचेर कमाएको पैसाले कति समय चलाउछयौ र कति समय बेचिन सक्छ्यौ । यो त तिमी परिश्रम विना आम्दानी गर्ने बाटो मात्र गरेकी हौ । तिमीलाई थाहा थियो, सती सावित्री र आदर्श नारी सीताको देश भनेर चिनएको छ कतै भोलि बेस्याहरूको देशभनेर नचिनियोस् । यहि नै मेरो चाहना हो, उहि तिम्रो प्यारो दाजु नरेश !