फेरी उसकै याद आयो
तुलसा खनाल ।
जन्म भएदेखि कक्षा १० सम्म गाउँमा पढेकी म उच्च शिक्षा हासिल गर्र्ने भनि असार १, २०७० सालमा अनेकौं सपना बुनी काठमाण्डौ प्रवेश गरेँ । धेरैतिर चाहर्ने क्रममा राजधानीको एउटा राम्रो कलेजमा मैले उच्च शिक्षाका लागि छात्रावृती समेत प्राप्त गरे, सोही अनुरुप बानेस्वरको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा कक्षा ११ मा र्भना भए । ०७० साउन ४ मेरो ११ कक्षा को लागीे म कलेज गएकी थिए, गाँउमा सरकारी स्कुलमा पढेको हुनाले मेरो गाँउको स्कुलमा १ देखि १० सम्म नै सधैं स्कुल टपर भएकोभएपनि मेरो अङ्ग्रेजी अलि कमजोर थियोे ।
अङ्ग्रेजी माध्यमको कलेज भएकोले गाह्रो भएपनि निकै मेहनतकासाथ पढ्न थाले, यसरी नै कलेज लाइफ चलिरहेको थियो । अन्नतमा ११ को फाईनल एक्जाम पनि आयो । ११ को एक्जाम दिएर म बिदामा घर गएँ । कहिल्यै घर नछाडेकी मैले घरमा जाँदा स्र्वग गएकै अनुभुती भएको थियो । महिना दिनको घर बसाई पश्चात म पुनः काठमाण्डौ फर्किएँ, आफनो १२ कक्षाको पढाई पुरा गर्नको लागी पुन कलेज तिर जान थालें ।
जे होस कक्षा ११ भन्दा १२ निकै रमाईलो हुँदै गएको थियो सायद ११ मा भन्दा १२ मा साथीहरुसँग घुलमिल पनि बढी भएकोले होला, यसैक्रममा कक्षा ११ को रिजल्ट आयो, सो रिजल्टमा मैले कलेज टप समेत गरे । निकै खुसी लाग्यो । सायद गाँउबाट आएर दुःख गरेर पढेको भएपनि । मैले रिजेल्ट राम्रो गरेकोमा मेरो ममी, बाबा, दिदीभिनाजु लगायत सबै खुसी हुनुभयो । मलाई धन्यबाद समेत दिनुभयो ।
त्यसपछि कलेजले म लगायत टप १० जनालाई सम्मान गर्नै क्र्रायक्रम राख्यो, त्यो क्र्रायक्रममा सम्मानित हुनेसाथीहरु मध्ये एक जना नयाँ अनुहार देखे, सम्मान र्कायक्रम पछि उहाँले चिना परिचय गर्न सुरु गर्नु भयो ।
हाई मैले हेल्लो भने उहाँले म शन्देस भन्नु भयो मैले म अन्जली भनेँ, उहाँको घर शंखमुल रहेछ, म पनि शंखमुलमा बस्ने भएकाले कलेजको सम्मान कार्यक्रम सकिएपछि साँझ निवासतिर एकैसाथ फर्कियौं, भोलीबाट कलेजसँगै जाने निर्णयका साथ हामी छुटेर घरमा गयौं ।
अर्को दिनदेखी हामी कलेजसँगै जान थाल्यौँ, साथी सन्देश आर्थिक रुपमा एक सम्पन्न परिवारको व्यतिm थिए, उनी मेरो अगाडी काठ्माण्डौका स्थायी बासिन्दा थिए । म गुल्मीको एक ग्रामीणभेगबाट राजधानी आएकी साधारण परिवारको व्यतिm थिएँ, आर्थिक जे भएपनि हाम्रो मन भने मिलेको थिायो । शन्देशको बानी पनि निकै राम्रो लाग्दथ्योे मलाई, उनले पनि मन पराउछन् मलाई भन्ने साथीहरुले भन्दथे ।
संगत गर्दै जाँदा थाहा भयो की उहाँ साच्चिकै एक असल व्यतिm हुनुभयो । नजिकिने क्रममा हामी असल मित्र मात्र नभई प्रेमी प्रेमिका भयौ । हाम्रो प्रेम गाढा हुँदै गयो ।
उहाँ र म एकदनि साझँपख डेटिङमा भएका बेला उनको दाईले देख्नुभएछ शन्देसलाई, र बेसरी गाली समेत गर्नुभएछ । त्यसपछि उहाँ दुई दिन कलेज जानु भएन, मैले प्रत्येक पल वहाँको याद आईरह्यो, तेस्रो दिन कोठामा आएर मोवाईलमा कल र्गदा दाईले उठाउनु भयो र मैले शन्देश किन कलेज नआको भनेर सोध्दा मलाई समेत नाना थरी गाली गर्नुभो, हामी फेसबुकमा साथी भईसकेका थियौं, म्यासेन्जर कल र फेसबुक चाट बेला बेलामा भईरहन्थ्यो, हाम्रा एक अर्काका म्यासेजहरु फेसबुकमा डिलेट नगरेकोले दाईले देखिसक्नुभएछ ।
चौथो दिन शन्देसले निन्याउरो अनुहारमा कलेज आएर सबै बेलिबिस्तार लगाउनुभयो, पाँचौंदिन बिहिबार शन्देसको आफ्नो जन्मदिन रहेछ, उक्तदिन भने म लगायत हाम्रा अन्य कलेज फ्रे०डहरुलाई शन्देसले बोलाउनुभयो र हामी गयौं । जन्मदिन मनाउन जानुभन्दा अगाडी हामी नयाँसडकमा सपीङ गर्न गयौं ।
शन्देसले पिँक कलरको सट र ब्ल्याक कलरको पाईन्ट लिनु भो र मैले पनि उहाँकै रोजाई अनुरुप पिकं कलरको र्कुता सुरुवाल लिए र घर आयौं । र्अको दिन साँझ साथीबै जन्मदिन मनाउन को लागी तयारी भयौं, कताकता उहाँको दाईसँग निकै डर लागीरहेको थियो । साथी आएपछि हामी शन्देसको घर तिर लाग्यौँ, मैले उहाँलाई मन पर्ने गितार पनि उपहार लगेर लगेकी गएकीं थिए ।
आफ्नै घरमा आयोजना गरिएको जन्मोत्सव पुग्दा निकै भीड थियो, तर अकस्मात मान्छे रोईरहेका आवाज आयो, के भएको भनि हेर्दा शन्देस भुईमा लडेको देखेँ । हतपत पुगेर चिच्याएँ तर त्यहा लास मात्र थियो शन्देसको सास र प्राण दैवले लगिसके छ म त्योे सहन नसकेर बेहोस भएछु बिउझिँदा त हस्पिटलमा थिँए पछि थाहा भयो कि म जस्तो साधारण परिवारको केटीसँग सँगत गरेको कारण दाजु–भाईमा झगडा हँुदा छुरी हानेर मारेको रहेछ ।
त्यस पापी दाईले माया पे्रम भन्ने कुरा कहाँ बुभ्नु धनरुपी अन्धकारले आफ्नो भाईलाई मार्योे । हो त्यो दिनदेखि आजसम्म मैले पिकं कलर कपडा लगाउन छाडेकी छु । उसकै यादमा मृत्यु भएको १ बर्ष पछि केही मनको शान्ति पुरा गर्नको लागी भावनाहरु लेख्दैछु । आँशु बगीरहेछ तर सबैतिर उजाड देख्दा बाच्न मन नभएपनि उसकै आत्मशान्तकिा लागी भएपनि पढ्ने र बाच्ँचने कोशीस गरिरहेकी छु ।
अहिले म एनसीसी कलेज प्रथम बर्षमा अध्ययन गर्दैछु, तर कतीले साथी बन्ने प्रश्ताव गर्छन तर उनको याद बिर्षनै सक्दीन ।
शन्देसको आत्माले शान्ती पाओस उही तपाईको अन्जली !
(वास्तविक घटनामा आधारित)